२०८३ जेठ ३० , शनिबार 14, June 2026, Sunday

लागू भयो काठमाडौं महानगरको ‘साथी महानगर कार्यक्रम’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक २० गते सोमबार

काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ (स्वर्णिम योजना) कार्यक्रम लागू गरेको छ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत् यसबारेमा जानकारी दिएका छन्।

‍महानगरवासीको सुख दुःखमा साथ दिन महानगर साथी स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो।

स्वर्णिम योजनाअन्तर्गत गरिब, विपन्न वर्गका सुत्केरी, विपन्न वर्गलाई किरिया खर्च, जोखिममा परेका बालबालिका, बृद्धबृद्धा र अपांगता भएका व्यक्तिलाई सहयोग गरिने जनाइएकाे छ।

बालेनले भनेका छन्, ‘यदि, विपन्न हुनुहुन्छ र किरिया खर्चको समेत आवश्यकता छ भने महानगरले २० हजारसम्म खर्च उपलब्ध गराउनेछ।’

प्रकाशित मिति : २०८० कात्तिक २० गते सोमबार