सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प : २१३ वटा विद्यालयका भवन, १२ वटा स्वास्थ्य संस्थामा क्षति

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । ९१ वटा विद्यालय भवनहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यस्तै ३६६ वटा कक्षाकोठाहरु पूर्णरुपमा ध्वस्त भएका छन् । ४७६ वटा कक्षा कोठाहरुमा आंशिक रुपमा क्षति भएको छ । यस्तै विद्यालयका ४३ वटा शौचालयहरु, ११ वटा आइसिटी, १ पुस्तकलाय, ७ वटा ठाउँमा विद्यालयका घेरबारहरु र ४ वटा सोलार सिस्टमहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।

यस्तै ३५ वटा शौचालयमा आंशिक क्षति पुगेको छ । प्राप्त विवरण अनुसार भुकम्पमा परी एक जना शिक्षक, ११ जना विद्यार्थीको मृत्यू भएको छ भने दुई शिक्षक र २० जना विद्यार्थीको मृत्यू भएको छ । विवरण संकलन हुने क्रम जारी छ ।

यस्तै भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका १२ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । स्वास्थ्य संस्थामा क्षति भएता पनि स्वास्थ्य सेवा प्रवाहमा भने कुनै समस्या नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार ०८:४८

लोकप्रिय