२०८३ जेठ २९ , शुक्रबार 12, June 2026, Friday

दुर्गा प्रसाईँलाई साइबर ब्यूरोको सोधपुछ

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १९ गते आइतबार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘सोधपुछ’ गरेको छ ।

भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले  बताए । उनले भने,‘उहाँ आउनुभएको थियो, हामीले आवश्यक सोधपुछ गरेका छौँ ।’

सामाजिक  संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘आवश्यक अनुसन्धानपछि उहाँ जानुभएको छ ।’

सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार