सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प :

जाजरकोट भूकम्प : कुन अस्पतालमा कति घाइते (सूचीसहित)

घाइतेमध्ये ३८ जनाको भेरी अस्पतालमा

जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्यूडकाे भूकम्पमा परी घाइते भएका एक सय पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर आठ जनालाई निगमको जहाजमार्फत शनिबार काठमाडौं ल्याइएको छ। उनीहरूको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार घाइतेमध्ये ३८ जनाको बाँकेमा रहेका भेरी अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। त्यहाँ उपचार गराइरहेका जाजरकोटका २६, रुकुमका ११ र सल्यानका एक जना रहेका छन्।

त्यस्तै, कर्णाली प्रादेशिक अस्पताल, सुर्खेतमा २७ जनाको उपचार भइरहेको छ भने जिल्ला अस्पताल जाजरकोटमा १९ जनाको उपचार भइरहे छ।

यसैगरी, जिल्ला अस्पताल रुकुममा १३ जना गरी उक सय पाँच जनाको उपचार भइरहेको छ।  शुक्रबार राति गएको भूकम्पले ठूलो मानवीय क्षति गर्नुका साथै भौतिक क्षति समेत गरेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२  जना गरी एक सय ५७ जनाको मृत्यु भएको हो।

भूकम्पमा परी २ सय ५३ जना घाइते भएका छन्। जाजरकोटमा १ सय १२ जना र रुकुम पश्चिममा १ सय ३२ जना घाइते भएका हुन्। जुम्लाका ५ जना तथा दैलेख र सल्यानका दुई /दुई जना घाइते भएका छन्।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतवार १२:३८

लोकप्रिय