२०८२ मंसिर २२ , सोमबार 9, December 2025, Tuesday

नेपाललाई चौंथो झट्का– कुशल मल्ल पनि सस्तैमा आउट

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १९ गते आइतबार

टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल दवावमा परेको छ ।

१० औं ओभरको अन्तिम बलमा नेपालका विष्फोटक ब्याट्सम्यान कुशल मल्ल आउट भएका छन् ।

अकिब इलियासले मल्ललाई बोल्ड गरेका हुन् । उनले ९ बलको सामना गर्दै ३ रन मात्रै जोड्न सके ।

टस जितेर ब्याटिङ रोजेको नेपाललाई ओमानका बलरले सुरुदेखि दवावमा राखेका थिए ।

कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे पनि लामो समय टिक्न सकेनन् । मल्ल पनि आउट भएपनि नेपाललाई अब सम्हालिएर खेल्नुपर्ने वाध्यता छ ।

क्रिजमा रोहित पौडेल र गुल्शन झा ब्याटिङ गरिरहेका छन् ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार