सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा बिरामी बाेकेकाे अटाे दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे, एक जना घाइते

जुम्लामा बिरामी बाेकेकाे अटाे दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् ।

हिमा गाउँपालिकाको नाग्म बजारबाट देवरगाउँ जाँदै गरेकाे अटाे बड्की गाउँमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा ४५ वर्षका पदमबहादुर शाही र ४२ वर्षका वली रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका नन्द रोकायाकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतवार १२:२९

लोकप्रिय