सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पमा मृत्यु भएका १२० जनाको शव आफन्तलाई बुझाइयो

शुक्रबार राति आएको भूकम्पमा परि ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ ।

जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरि आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । ३७ जनाको शव भने बुझाउन बाँकी रहेको छ ।

भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसैगरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

त्यसैगरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका भौतिक संरचनामा व्यापक क्षति भएको छ । हजारौं घर भत्किएका छन् । स्थानीयहरु खुला आकाशमुनि रात कटाउन बाध्य भएका छन् । भूकम्प पीडितलाई लक्षित गरी सरकारले विशेष राहत प्याकेजको घोषणा गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतवार ०९:२२

लोकप्रिय