२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, ६ जना घाइते

सत्यपाटीसत्यपाटी । डोटी । २०८० कात्तिक १९ गते आइतबार

डोटीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जीप गएराति २ बजे डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ महिनाको बच्चासहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव नभेटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जीप खोलामा खसेकाले उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

घाइतेहरुको डोटीको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखत भएको छैन ।

प्रकाशित मिति : २०८० कात्तिक १९ गते आइतबार