जाजरकोटमा शुक्रबार राति गएको भूकम्पका १५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट घाइते भएका तथा अन्य प्रभाविहरुको उद्दारमा राज्यका सबै संयन्त्रहरु परिचालन भएका छन् । सबै क्षेत्रबाट सहयोग गर्ने क्रम पनि बढिरहेको छ ।
नेपाल आयल निगम लिमिटेडले पनि भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ । निगमले शनिबार एक विज्ञप्ती जारी गर्दै विपद्को घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज एवम् हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन वापतको खर्च बेहोर्ने घोषणा गरेको हो ।
यस विपदको घडीमा नेपाल आयल निगमले भूकम्पमा ज्यान गुमाउनेप्रति श्रद्धान्जली र घाइतेहरुप्रति स्वास्थ्य लाभको कामना गर्दै भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्दार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाइ इन्धन बापतको रकम आफैं व्यहोर्ने निगमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आयल निगमद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ, ‘यस विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्दार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाइ इन्धन बापतको रकम नेपाल आयल निगमले आफ्नो आर्थिक बर्ष २०८०–०८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट व्यहोर्ने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । ६.४ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार रातिको भूकम्पले जाजरकोट र रुकम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं