गएरातिको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेको संख्या १५७ पुगेको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जना गरी १५७ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण १६६ जना घाइते भएका जनाइएको छ । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् । घाइतेमध्ये सात जनालाई रुकुमको चौरजहारीबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौं ल्याइएको छ ।
प्रभावित क्षेत्रमा तीन वटै सुरक्षा निकायको सक्रियतामा घाइतेको उद्धार लगायतका काम भइरहेका छन् । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा सयौं घर भत्किएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं