सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा १७५ बढी भूकम्पको धक्का

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि १७५ बढी भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार ठुलो भूकम्पपछि चार रेक्टरभन्दा माथिका चार धक्का (पराकम्प) गएको छ भने चार रेक्टरभन्दा मुनिका १७५ बढी धक्का गएको उनको भनाइ छ ।

यस्तै, भूकम्पको अध्ययनका लागि वरिष्ठ भूकम्पविद् डाक्टर अधिकारी भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । गएराति आएको ६.४ रेक्टर स्केलको भूकम्पबाट सो क्षेत्रमा भएको क्षति र भूकम्पको प्रभावबारे अध्ययनका लागि जाजरकोट हिँडेको उनको भनाइ छ ।

उनी केहीबेर अघिमात्र काठमाडौँबाट जाजरकोटतर्फ लागेका हुन् । खानी विभागका एक सदस्यसहित भूकम्पको अध्ययनका लागि त्यसतर्फ लागेको अधिकारीले बताए । भूकम्प प्रभावित क्षेत्रमा पुगेर भूकम्पको असरबारे अध्ययन गरिने उनले बताए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डाक्टर अधिकारीले भने, ‘गएराति गएको भूकम्पको अध्ययनका लागि खानी विभागका एक सदस्यसहित जाजरकोट लाग्दैछौँ, त्यहाँ पुगेर भूकम्पको असरबारे अध्ययन गर्नेछौँ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १६:५४

लोकप्रिय