जाजरकोटमा रामीडाँडा केन्द्र विन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका–३ ठाँटीबजारमा भत्किएका घर ।
जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।
यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका छन् ।
गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं