सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प : १३६ जनाको मृत्यु, १६५ घाइते

शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म मृत्यु हुनेको संख्या १३६ पुगेको छ । शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पमा परी १६५ घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाले ज्यान गुमाएका छन् । घाइते जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना रहेका छन् । घाइतेमध्ये ३३ जनाको जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने २२ जनालाई सुर्खेत रिफर गरिएको छ ।

यस्तै, रुकुम पश्चिममा घाइतेमध्ये ३० जना डिस्चार्ज भएका छन् । ४० जना उपचाररत छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज रिफर गरिएको छ । जाजरकोटमा केही घाइतेलाई काठमाडौंको ट्रमा सेन्टर र वीर अस्पतालमा ल्याइने भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १६:२६

लोकप्रिय