२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday

जाजरकोटको रामीडाँडामा ४.२ रेक्टरको परकम्प

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

जाजरकोटमा शनिबार दिउँसो ३ बजेर ४० मिनेटमा परकम्प महशुस भएको छ । भुकम्प मापन केन्द्रका भूकम्पवीद् मुकुन्द भट्टराईका अनुसार रामीडाँडालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प महशुस भएको हो ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार