२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

भूकम्प प्रभावित क्षेत्रमा ८५९ प्रहरी परिचालित

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

जाजरकोट भूकम्पपीडितको उद्धारका लागि ८५९ जना प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ४५० जना खटिएका छन् भने रूकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२० जना खटिएका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र गण सुर्खेतबाट ३९ जना, चौरजहारी बेस क्याम्पबाट २० जना, नेपाल प्रहरी अस्पतालका चिकित्सक प्रहरी नायब निरीक्षकको कमाण्डमा मेडिकल टोलीका ११ जना, सल्लान प्रहरी सहयाक निरिक्षकको कमाण्डमा १० जना र इलका प्रहरी कार्यालय बादेपीपल सुर्खेतबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ९ जना गरी ८५९ जना प्रहरी परिचालन गरिएको हो ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार