२०८३ असार १ , सोमबार 15, June 2026, Monday

जाजरकोट भूकम्प : घाइतेलाई काठमाडौं ल्याइयो (तस्वीरसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ ।

काठमाडौं ल्याइएका घाइतेहरुलाई सुरक्षाकर्मीको सहायता त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ । केही घाइतेहरुको जिल्ला अस्पतालहरुमा उपचार भइरहेको छ भने केहीलाई सुर्खेत, कोहलपुर र नेपालगन्जमा लगिएको छ ।

 

 

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार