शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ ।
काठमाडौं ल्याइएका घाइतेहरुलाई सुरक्षाकर्मीको सहायता त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ । केही घाइतेहरुको जिल्ला अस्पतालहरुमा उपचार भइरहेको छ भने केहीलाई सुर्खेत, कोहलपुर र नेपालगन्जमा लगिएको छ ।






सत्यपाटी संवाददाता । काठमाडौं