सूचनाको शक्ति - The Power Of Information

        

मेडिकल टिम बोकेर सांसद डा.तोसिमा कार्की जाजरकोटतिर

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्की मेडिकल टिम बोकेर जाजरकोटका लागि प्रस्थान गरेकी छिन् । हामी हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोष्ट, जनरल फिजिसियन, मेडिकल अफिसर सहित आफू जनरल सर्जन लगायत हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुसहित टोली लिएर भूकम्प प्रभावित जिल्ला जाजरकोटतिर लागेकी हुन् ।

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेकी डा.कार्कीले अन्य केही डाक्टरसहितको टोली त्यसतर्फ जान लागेको जानकारी गराएकी छिन् । साथै दुखको घडीमा राजनीतिभन्दा माथि उठेर सहयोग गर्न समेत आग्रह गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी हाडजोर्नी विशेषज्ञ, अनेष्थेजियोलोष्ट, जनरल फिजिसियन, मेडिकल अफिसरसहित म जनरल सर्जन हामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुसहित यहाँबाट नेपालगन्ज हुँदै सुर्खेत पुगेर थप केहि डाक्टरहरु भेरीबाट जोडिनुहुन्छ र राहत सामानसहित विशेषज्ञको समुह जाजरकोट जाँदैछौँ ।’

उनले थप लेखेकी छन्, ‘केहि साथीहरु रोडबाट नै जानुभएको छ, मेडिकल समाग्रीसहित हामी त्यहिँ नै आकष्मिक अपरेसन र उपचार गर्ने तयारी गर्नेछौँ, राहत व्यवस्थापनको लागी पनि ज-जसले जहाँबाट सहयोग गरिरहनुभएको छ । धन्यवाद्र यस्तो आपतको घडिमा हामी राजनिती भन्दा माथी उठेर एक जुट भई सबैले आआफ्नो विज्ञता, स्रोत साधनले सहयोग गरौँ ।’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १५:२२

लोकप्रिय