२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

भोलि बिहानका लागि मन्त्रिपरिषद् बैठक बोलाइयो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

भूकम्प प्रभावित क्षेत्रमा राहत प्याकेज घोषणाका लागि भोलि मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले भोलि बिहान ८ बजे बैठक आह्वान गरिएको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रभावित क्षेत्रमा छन् ।

आज साँझसम्म क्षतिको विवरण संकलन गरी आवश्यक राहतको घोषणा गर्ने तयारी सरकारले गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म भूकम्पमा परी १३६ जनाको मृत्यु भएको छ । १६५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार