सूचनाको शक्ति - The Power Of Information

        

हेलिकप्टर उद्धारमै छोडेर काठमाडौं फर्किंदै प्रधानमन्त्री

भूकम्प पीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम पश्चिम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नियमित उडानबाट फर्कने भएका छन् ।

आफू गएको नेपाली सेनाको हेलिकप्टर भूकम्प परेर घाइते भएकाहरुको उद्धारमा छोडेर नियमित उडानबाट प्रधानमन्त्री फर्कन लागेका हुन् ।

आज बिहान पनि प्रचण्ड चढेर गएको हेलिकप्टरले नलगाडबाट सात जना घाइतेलाई उद्धार गरी सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १४:५०

लोकप्रिय