२०८३ जेठ ३१ , आइतबार 14, June 2026, Sunday

उद्धार टोली पठाउन तया भारत र चीनलाई सरकारले भन्यो, ‘अहिले पर्दैन’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

छिमेकी भारत र चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउन नेपाल सरकारसँग अनुमति मागेका छन् ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि भारत र चीन दुवैले आफ्ना खोज तथा उद्धार टोली पठाउन खोजेका हुन् ।

भारत र चीनले अनुमति मागे पनि नेपाल सरकारले भने तत्काल खोज तथा उद्धार टोली आवश्यक नभएको जवाफ दिएको छ ।

भारत र चीन दुवैले खोज तथा उद्धारका लागि तत्काल टोली पठाउन तयार छौं, यसका लागि टोली तयारी अवस्थामा छ भनि अनुमति मागेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘हामीले दुवै देशलाई धन्यावाद दिँदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जानकारी दिएका छौँ ।’ भोलिका दिनमा आवश्यक परे खोज तथा उद्धार टोली पठाउन अनुरोध गर्ने जवाफ भारत र चीनलाई दिइएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार