[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
छिमेकी भारत र चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउन नेपाल सरकारसँग अनुमति मागेका छन् ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि भारत र चीन दुवैले आफ्ना खोज तथा उद्धार टोली पठाउन खोजेका हुन् ।
भारत र चीनले अनुमति मागे पनि नेपाल सरकारले भने तत्काल खोज तथा उद्धार टोली आवश्यक नभएको जवाफ दिएको छ ।
भारत र चीन दुवैले खोज तथा उद्धारका लागि तत्काल टोली पठाउन तयार छौं, यसका लागि टोली तयारी अवस्थामा छ भनि अनुमति मागेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘हामीले दुवै देशलाई धन्यावाद दिँदै अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जानकारी दिएका छौँ ।’ भोलिका दिनमा आवश्यक परे खोज तथा उद्धार टोली पठाउन अनुरोध गर्ने जवाफ भारत र चीनलाई दिइएको उनले जानकारी दिए ।
[KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong. [KClientError] [REQ_ERR: OPERATION_TIMEDOUT] [KTrafficClient] Something is wrong.
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं