सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३६ पुग्यो

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पले भौतिक संरचना भत्किँदा मृत्यु हुनेको संख्या १३६ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।

भूकम्पका कारण संरचना भत्किँदा जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा घाइते भएकोमध्ये ३३ जनाको जाजरकोटमा नै उपचार भइरहेको छ ।

२२ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । रुकुम पश्चिममा घाइते भएकामध्ये ३० जना डिस्चार्ज भइसकेका छन् । ४० जना जिल्लामै उपचारत छन् । १५ जनालाई थप उपचारका लागि सुर्खेत र नेपालगन्ज पठाइएको छ । शुक्रबार राति जाजरकोटमा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १४:०६

लोकप्रिय