२०८३ असार १ , सोमबार 15, June 2026, Monday

भूकम्पका घाइतेका लागि भेरी अस्पतालमा ४३ जनाले गरे रक्तदान

सत्यपाटीसत्यपाटी । बाँके । २०८० कात्तिक १८ गते शनिबार

जाजरकोट केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि रगत सङ्कलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेमा हालसम्म ४३ जनाले रक्तदान गरेका छन् ।

बिरामीलाई रगतको अभाव हुन नदिन रगत सङ्कलन गरिएको रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनका अनुसार हालसम्म ४३ जनाले रक्तदान गरेका छन् । घाइते बिरामीलाई आज बिहान ३ बजेदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार सुरु गरिएको हो ।

प्रजिअ श्रवणकुमार पोखरेलका अनुसार २६ जनाको उपचार भइरहेको छ भने एकजनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड–१ का ३३ वर्षीय टेकबहादुर पुनको उपचारका लागि अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार