शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुलाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याउने क्रम जारी रहेको छ । दिउँसो १ बजेसम्म २० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पतालमा ल्याइसकिएको छ ।
घाइतेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका सूचना अधिकारी डा.सङ्केत रिसालले बताए । उपचारका लागि शिक्षण अस्पताल र अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको छ ।
घाइतेहरु स्थलमार्गबाट आउनेहरु सिधै अस्पतालमा आउँछन् भने हेलिकप्टरमार्फत आउनेहरु राँझास्थित नेपाली सेनाको वाहिनीमा अवतरण भएपछि एम्बुलेन्समार्फत भेरीसम्म ल्याउने व्यवस्था गरिएको छ । त्यसका लागि ४५ बढी एम्बुलेन्सको परिचालन गरिएको छ । विरामीका लागि रगत अभाव हुन नदिन रक्त सञ्चार केन्द्रमा रक्तदान भइरहेको छ ।







सत्यपाटी संवाददाता । बाँके