सूचनाको शक्ति - The Power Of Information

        

१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा गएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ गएका हुन् ।

साथै प्रधानमन्त्रीले नेपाल एयरलाइन्सका जहाजबाट औषधि र पालसहितका राहत सामग्री चौरजहारी र सुर्खेत विमानस्थलमा तुरुन्तै लैजान निर्देशन दिएका छन् ।

यसैगरी, उनले नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्रीद्वय जर्नादन शर्मा र शक्ति बस्नेतलाई पनि प्रभावित क्षेत्रमा जान निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:५७

लोकप्रिय