सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पबाट घाइते २७ जनालाई भेरी अस्पतालमा ल्याइयो

गएराति जाजरकोटमा गएको भूकम्पमा परी घाइते भएका २७ जनालाई नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जमा अहिलेसम्म २७ जना घाइतेलाई ल्याइएको छ ।

भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल तोकिएको छ भने व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरुको आफन्तजनको सहजताका लागि स्वास्थ्यकर्मी नरेश श्रेष्ठलाई फोकल पर्सन (९८५११४३६६६) तोकिएको छ ।

कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको र भेरी अस्पताल, सैनिक असपताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:४१

लोकप्रिय