कर्णाली प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालीबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।
भूकम्पमा परि घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालीबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । उनका अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको हो ।
घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शय्याको छ । अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कर्णाली