२०८३ जेठ २५ , सोमबार 8, June 2026, Monday

कर्णाली प्रदेश अस्पतालमा ‘सेनाको मेडिकल क्याम्प’

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८० कात्तिक १८ गते शनिबार

कर्णाली प्रदेश अस्पताल कालागाउँमा सहायता प्रदान गर्न नेपाली सेनाको सुर्खेतस्थित कालीबहादुर गणले प्रदेश अस्पताल सुर्खेतमा मेडिकल क्याम्प खडा गरेको छ ।

भूकम्पमा परि घाइते भएकाहरूको चाप बढ्ने देखिएपछि मेडिकल क्याम्प खडा गरिएको कालीबहादुर गणका प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । उनका अनुसार अस्पतालमा आउने घाइतेहरूको चापलाई मध्यनजर गर्दै अस्पतालसँगको समन्वयमा मेडिकल क्याम्प खडा गरिएको हो ।

घाइतेको चाप बढेको खण्डमा मेडिकल क्याम्पबाट सेवा दिइने प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्राडा डम्बरबहादुर खड्काले बताए । उनका अनुसार प्रदेश अस्पताल हाल २९९ शय्याको छ । अस्पतालमा औषधी र चिकित्सकको अभाव नरहेको निर्देशक खड्काको भनाइ छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार