सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट र रुकुम पश्चिममा सेनाको चार वटा एयरक्राफ्ट

जाजरकोट र रुकुम पश्चिममा भुकम्प प्रभावितहरुको खोज तथा उद्धारमा नेपाली सेनाको टोली खटिएको छ । जसअनुसार दुईवटा बटालियनबाट खोज तथा उद्धारका लागि सैनिक परिचालन गरिएको हो ।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा सेनाको चार वटा एयरक्राफ्ट परिचालन गरिएको छ । काठमाण्डुबाट स्काई ट्रक र तीन वटा हेलिकप्टरमा मेडिकल सामग्रीसहितको जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ । रुकुम पश्चिम र जाजरकोटमा अहिलेसम्म १३३ जनाको मृत्यु भएको छ । १४० जना घाइते छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १२:११

लोकप्रिय