सूचनाको शक्ति - The Power Of Information

        

तत्काल उद्धारका लागि यी नम्बरहरुमा सम्पर्क गर्न अनुरोध

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर अहिलेसम्म १३३ जनाको ज्यान गएको छ । जाजरकोटको रामीडाँडामा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा बढी क्षति पुगेको छ ।

अहिले पनि ती क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । तत्काल उद्धारका लागि जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट र रुकुम पश्चिम नेपाल प्रहरीले सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गरेको छ ।

जाजरकोट

९८५८०७७३३३, ९८५८०५७१९०, ९८६८९३६६७८, ९८४८१२२५८४

रूकुम पश्चिम

९८५७८३७७७७, ९८६१०८७१३२, ९८५७८३५५५५, ९८५१२५८२१७, ९८५७८७२७७७, ९८४७९३६११३

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:४९

लोकप्रिय