सूचनाको शक्ति - The Power Of Information

        

भूकम्प प्रभावित क्षेत्रमा खटिए सेनाको चार वटा मेडिकल टिम

नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार र घाइतेको उपचारका लागि चारवटा मेडिकल टिम तैनाथ गरेको छ ।

सेनाका अनुसार भूकम्प प्रभावित जिल्लाहरूमा खोज तथा उद्धार कार्य गर्न एनए–०५७ एमआई हेलिकोप्टरबाट काठमाडौं–चौरजहारी तीन जना डाक्टरसहित १६ जना, एनए–०१६०६४ स्काई ट्रकबाट काठमाडौं चौरजहारी १६ जना, एनए–०६१ बेल हेलिकोप्टरबाट सुर्खेत लामिडाँडा तीन जना र एनए–०३८ एमआई हेलिकोप्टरबाट काठमाडौं–चौरजहारी २६ जना मेडिकल टिमसहितका फौज परिचालन भएका छन् ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोट जिल्लाको बारिकोट गा.पा.१, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प लगत्तै प्रभावित इलाकामा नेपालीले खोज तथा उद्धार टोली परिचालन गरेको हो ।

काठमाडौं, सुर्खेत र नेपालगन्जमा डा.अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार कार्यका लागि तैनाथ राखिएको सेनाले जनाएको छ । घाइतेहरुको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा.अधिकृतको टोली तयारी हालतमा रहेको पनि सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:३६

लोकप्रिय