भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का केही स्थानमा सञ्चार सम्पर्क र यातायात सेवा नुहँदा खोज तथा उद्धारमा कठिनाइ भएको छ ।
ती जिल्लाका केही दुर्गम स्थानमा सञ्चार सुविधा नभएको र सडक नपुगेका तथा सडक पुगेका स्थानमा पनि पहिरोले बाटो अवरुद्ध भएका कारण खोज तथा उद्धारमा कठिनाइ भएको हो ।
‘कतिपय ठाउँमा सञ्चार सुविधा छैन । सञ्चार सुविधा भएका केही स्थानमा सम्पर्क भइरहेको छैन,’ जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले भने ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जाजरकोटको भेरी नगरपालिका र नलगाड नगरपालिकामा भूकम्पले सबैभन्दा ठूलो क्षति गरेको छ । अन्य नगरपालिकामा पनि भूकम्पले क्षति गरेको छ । तर विवरण आइनसकेको शर्माले बताए ।
‘दुर्गम स्थानम फोनले काम गर्दैन । एक्लैएक्लै घर भएका स्थानको अवस्था के कस्तो छ जानकारी आएको छैन । उद्धारकर्मीलाई जान सडक र यातायात सुविधा छैन । हिँडेर जान ५–६ घण्टा लाग्छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय रुकुम (पश्चिम)का सूचना अधिकारी प्रवेश बढुवालले जिल्लाका सबै स्थानीय तहमा भूकम्पको प्रभाव के कस्तो परेको बुझ्ने कार्य जारी रहेको बताए । ‘पूर्ण विवरण आइसकेको छैन । हामी विवरण संकलन गर्दैछौँ । दुर्गम स्थानमा सम्पर्क हुन नसके पनि एम्बुलेन्सहरू पठाएका छौँ,’ उनले भने ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं