सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प : मृतकको संख्या १३३ पुग्यो

जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ पुगेको छ । जाजरकोटमा ९५ र रुकुम (पश्चिम)मा ३८ जना गरी १३३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भूकम्पमा परी १४० जना घाइते भएका छन् । प्रहरीका अनुसार जाजरकोटमा ५५ र रुकुम (पश्चिम)मा ८५ जना घाइते छन् । घाइते मध्ये ३३ जना जाजरकोटमा उपचाररत छन् भने २२ जनालाई उपचारका लागि हेलिकोप्टरमाट सुर्खेत लगिएको छ ।

यता रुकुम (पश्चिम) बाट १५ जनालाई सुर्खेत र नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ । जाजरकोटको बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्रविन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ११:२२

लोकप्रिय