२०८३ असार ३ , बुधबार 18, June 2026, Thursday

भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि कांग्रेसद्वारा ५० लाख सहयोग

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १८ गते शनिबार

जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पपीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

मुख्षसचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् । विज्ञप्तिमार्फत कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार