सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट अस्पतालमा पुगेर प्रधानमन्त्रीले भेटे भूकम्पका घाइते

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोट जिल्ला अस्पताल पुगेका छन् । जिल्ला अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा घाइते भएकालाई भेटेका छन् । घाइतेसँग भेटेर उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनी आज बिहान जाजरकोट प्रस्थान गरेका थिए । प्रचण्डसँगै उर्जा, जलस्रोत तथा सिचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासहितको टोली स्वास्थ्य टोली र सामाग्रीसहित जाजरकोट गएको छ ।

यसैबीच, जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२९ पुगेको छ । जाजरकोटमा ९२ र रुकुम (पश्चिम)मा ३७ जनाको मृत्यु भएको हो । जाजरकोटको रामिडाँडा आसपास केन्द्रविन्दु बनाएर ११ बजेर ४७ मिनेटमा ६ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १०:५७

लोकप्रिय