दुर्गममा उडान गर्दै आएका निजी वायुसेवा कम्पनीले जाजरकोट भूकम्पका घाइतेको उद्धारका लागि उडान भर्न तयारी अवस्थामा रहेका बताएका छन् ।
उक्त क्षेत्रमा घाइतेको उद्दारको लागि तयारी अवस्था रहेको वायुसेवा सेवा संचालक संघका महासचिव मनोज कार्कीले जानकारी दिए । जहाज तयारी अवस्था राखेको र सरकारको निर्देशन आउन साथ उडान भर्ने उनले बताए । नेपालगन्जमा रहेका जहाज फ्लाइट नगरेर स्ट्यान्डबाई अवस्थामा राखेको उनको भनाइ छ ।
‘हामी स्ट्यान्डबाई अवस्थामा छौँ । हामीलाई अहिलेसम्म उद्धाका लागि निर्देशन आएको छैन । अहिले नेपालगन्जमा हाम्रो एउटा जहाज छ । त्यो जहाज फ्लाइट नगरेर स्ट्यान्डबाई अवस्थामा राखिरहेका छौँ । हामी उड्नको लागि तयारी अवस्था छौँ । निर्देशनको पर्खाइमा छौँ,’ कार्कीले भने, ‘काठमाडौंमा भएको जहाज पनि आवश्यक परेपछि हामी पठाउन तयारी अवस्थामा छौँ ।’
यसअघि नेपाल एयरलाइन्सको नाइन एन–एबीटी कल साइनको १९ सिट क्षमताको जहाज काठमाडौंबाट रुकुमको चौरजहारी विमानस्थलतर्फ उडेको थियो । उक्त जहाज मेडिकल टिमसहित ८ः१८ मा काठमाडौंबाट चौरजाहारी उडेको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं