सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा चार घण्टाभित्र पाँच भूकम्प

जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति पाँच वटा भूकम्प गएको छ । गएराति ११ बजेर ४७ मिनेट जाँदा पहिलोपल्ट भूकम्प गएको थियो । ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म १६० जना बढीको ज्यान गइसकेको छ ।

पहिलो भूकम्प गएको करिब १५ मिनेटमै अर्को भूकम्पको झड्का महसुस भएको थियो । १२ बजेर २९ मिनेटमा ४.२ म्याग्निच्युड, त्यसको ६ मिनेटपछि फेरि ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । बिहान ४ बजेर १६ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १०:४८

लोकप्रिय