सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट अस्पतालमा कसरी भइरहेको छ भूकम्पका घाइतेहरुको उपचार ?

गएराति जागरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार अस्पताल प्रमुख डा प्रतिक्षा भारतीको नेतृत्वमा उपचारको काम भइरहेको छ ।

खत्रीका अनुसार अस्पतालको क्षमताभन्दा बढी घाइते उपचारका लागि आएका कारण व्यवस्थापनमा भने कठिनाई भइरहेको छ । उनले नेपली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट मेडिकल टोली आइसकेका कारण उपचारमा केही सहजता भएको छ ।

‘अहिले स्थिति एकदमै गम्भीर छ । हामीले कति घाइते आए भन्ने गणनाभन्दा पनि फटाफटा उपचार गरिरहेका छौं । सामान्य घाइते कति भन्ने संख्या थाहा छैन । गम्भीर अवस्थामा भने १० जनाभन्दा बढी छन्,’ उनले भने, ‘अस्पतालमा मृतकको संख्या ३१ पुगिसकेको छ । ७ जना गम्भीरलाई रेफर गर्नपर्ने अवस्था छ । उपलब्ध स्रोत र साधनले भ्याएसम्म उपचार सेवा दिइरहेका छौं ।’

उनका अनुसार अस्पताल आकस्मिक कक्षमा रेड जोन, ग्रिन जोन र एल्लो जोन र प्यासेजहरुमा समेत घाइतेको उपचार भइरहेको छ । उनले नजिककै भेरी नगरपालिकाबाट केही पारामेडिक्स र नर्सहरु आएर सेवा दिइरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १०:१६

लोकप्रिय