सूचनाको शक्ति - The Power Of Information

        

भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मादीले भने, ‘भारत सबै सहयोग गर्न तयार’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मध्यरातमा गएको भूकम्पबाट नेपालमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गरेर सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै मोदीले सबै सम्भव सहयोग गर्ने बताएका हुन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ मोदीले लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’

शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभाविक क्षेत्रको निरिक्षणका लागि जाजरकोट पुगेका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो । भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा अहिलेसम्म १२९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार १०:१०

लोकप्रिय