सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

पश्चिम नेपालमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १२८ जनाको मृत्यु भएको छ । शनिबार बिहान प्राप्त विवरण अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भने, ‘अहिलेसम्म जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको विवरण आएको छ ।’ उनका अनुसार भूकम्पमा परी घाइते भएका १४० जनाको विवरण प्रहरीलाई प्राप्त भएको छ ।

तीमध्ये जाजरकोटका ५५ जना र रुकुमपश्चिमका ८५ जना हुन् । घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । ‘सयौं घरहरू भत्किएका छन्, उद्धार कार्यमा प्रहरी जुटेको छ,’ कडायतले भने ।

चौरजहारी बेश क्याम्पबाट राति नै टोली गएको छ । सुर्खेतबाट बिहान नै भूकम्प प्रभावित क्षेत्रमा हिँडेको उनले बताए । शुक्रबार राति ११ः४७ मा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:१८

लोकप्रिय