सूचनाको शक्ति - The Power Of Information

        

भूकम्प अपडेट : जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि

गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले  दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।

धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि  धनजनको ठूलो क्षति भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०७:३७

लोकप्रिय