२०८३ जेठ २८ , बिहीबार 11, June 2026, Thursday

‍‍प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा जाँदै

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८० कात्तिक १८ गते शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रमा जाँदै हुनुहुन्छ ।

उद्धार र घाइतेहरुको उपचारकाे व्यवस्थानका लागि उहाँ स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गर्नुभएको छ ।

उहाँले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय रुपमा काम गर्न भन्नुभएको छ ।

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि दुवै जिल्लामा गरेर ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।

प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार