शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् ।
शिक्षक अनुमतिपत्रको परीक्षा केन्द्र सुर्खेत परेका खार्पुनाथ गाउँपालिका–३ को रायाँ गाउँका नरेन्द्र रावलले हवाई टिकट पाएर नेपालगन्ज झरेपछि परीक्षामा सहभागिता सुनिश्चित भएको बताए ।
उनले छैटौं दिनमा टिकट पाएका हुन् । कात्तिक १८ गते शनिबार शिक्षक अनुपतिपत्रको परीक्षा हुँदैछ । समिट एयर सिमकोटका प्रमुख गोविन्द लामाले १५ जना परिक्षार्थी सिमकोटबाट नेपालगन्ज उड्न पाएको बताए ।
परीक्षालाई प्राथमिकतामा राखेर परीक्षार्थी नेपालगन्ज पठाउने कार्य भएको उनको भनाइ छ । त्यसैगरी, नेपाल एयरलाइन्सको उडानमार्फत १२ जना परीक्षार्थी नेपालगन्ज झारेका छन् ।
समिट र नेपाल एयरलाइन्सका दुई वटा उडानमार्फत २७ जना शिक्षक अनुमतिपत्रको परीक्षा दिन नेपालगन्ज पुगेका हुन् । हुम्लाबाट बाँके, बर्दिया र सुर्खेत परीक्षा केन्द्रमा परीक्षार्थी सहभागी हुँदैछन् । त्यस्तै अन्य सात जना परीक्षार्थीले अझै टिकन पाउन सकेका छैनन् ।
उनीहरु सातै जनालाई शनिबार पठाउने तयारी भइरहेको छ । हुम्लाबाट उडान कम हुँदा यात्रुलाई मर्का पर्दै आएको छ । साथै बिरामीलाई समेत उपचार गर्न जानका लागि सहज रुपमा टिकट पाउन कठिन हुने गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । हुम्ला