२०८३ असार ११ , बिहीबार 25, June 2026, Thursday

सन्दीप लामिछानेले लिए तेस्रो विकेट

सत्यपाटीसत्यपाटी । काठमाडौँ । २०८० कात्तिक १७ गते शुक्रबार

टी–२० विश्वकप छनोट खेलमा युएईविरुद्ध नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका छन् ।

लामिछानेले दशौं ओभरको अन्तिम बलमा आसिफ खानलाई एलबीडल्बु आउट गरेका हुन् । यो सँगै युएईले तेस्रो विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ गरिरहेको युएईले दश ओभरमा ६२ रन जोडेको छ ।

यसअघि सोमपाल कामीले एकै ओभरमा दुई विकेट लिएका थिए । उनले कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साहलाई आउट गरेका थिए ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार