२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

आफैं फिल्म बनाउँदै चलचित्र विकास बोर्ड

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८० कात्तिक १७ गते शुक्रबार

चलचित्र विकास बोर्डले आफैँ फिल्म निर्माण गर्ने भएको छ । यसका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको र बोर्डले पेश गरेको फिल्म निर्माण सम्बन्धी कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेको बोर्डले जनाएको छ ।

मन्त्रालयले पनि स्वीकृत गरेकाले अब यसलाई कार्यविधिमा समेट्ने तयारी भइरहेको बोर्ड प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए । फिल्म निर्माणमा निजी क्षेत्रसँग पनि सहकार्य गर्न सकिने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार