सूचनाको शक्ति - The Power Of Information

        

इन्स्पेक्टर पृथ्वी खनालको क्रिकेट गीत ‘नेपाल वर्ल्ड कपमा’

सशस्त्र प्रहरीका इन्स्पेक्टर तथा गायक पृथ्वी खनालको नयाँ गीत ‘नेपाल वर्ल्ड कपमा’ सार्वजनिक भएको छ । पृथ्वी खनाल र अस्मिता अधिकारीको स्वर रहेको गीतमा गायक खनालकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन शाहस शाक्यले गरेका छन् ।

नेपालको घरेलु मैदानमा क्रिकेटको महामेला सुरु भैरहेको छ । टी ट्वान्टी एसिया कपको शीर्ष दुईभित्र पर्न सके आगामी २०२४ मा अमेरिका तथा वेष्ट इण्डिजमा हुने टी ट्वान्टी वर्ल्ड कपको लागि नेपालले स्थान पक्का गर्नेछ । यही क्रिकेट गीत पृथ्वी खनाल यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ०८:११

लोकप्रिय