हलमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखेको ‘कबड्डी ४’ले युट्युबमा पनि लोभलाग्दो भ्युज पाइरहेको छ ।
मंगलबार निर्माण कम्पनी बाँसुरी फिल्मसले आफ्नो युट्युब च्यानलमार्फत फिल्म रिलिज गरेको हो ।
युट्युवमा सार्वजनिक भएको एक दिनमै फिल्मले ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको छ ।
बिहीवार दिउँसोसम्म २४ लाख हाराहारीले फिल्म हेरिसकेका छन् ।
यो फिल्म हलमा अघिल्लो वर्ष जेठ १३ गतेबाट प्रदर्शनमा आएको थियो ।
फिल्मले घरेलु बक्स अफिसमा २२ करोड रूपैयाँ बढी कमाइ गरेको थियो ।
दयाहाङ राई, सौगात मल्ल, मिरूना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ