सूचनाको शक्ति - The Power Of Information

        

लगातार विकेट गएपछि दबाबमा नेपाल

ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन् । झा ३ रन जोडेर आउट भए ।

पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । ८.१ ओभरमा अकिब इलियासले कप्तान पौडेललाई बोल्ड गरे । पौडेलले १२ बलमा १२ रन मात्रै जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पनि राम्रो स्कोर बनाउन सकेनन् । भुर्तेलले २६ रन र आसिफले ५ रन मात्रै जोडे । वान डाउनमा आएका सोमपाल कामी १२ रन जोडेर आउट भए ।

१३ ओभरको खेल सकिदा ६ विकेट गुमाएर नेपालले ७९ रन बनाएको छ । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल एकपछि अर्को विकेट गुम्दा दबाबमा परेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १२:१२

लोकप्रिय