सूचनाको शक्ति - The Power Of Information

        

आजकाे माैसम :

पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

बाँकी भूभागमा मौसम सफा

जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण आज बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति भने आंशिक बदली रहनुका साथै मौसम सामान्यतया सफा रहने जनाएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार ०७:२१

लोकप्रिय