सूचनाको शक्ति - The Power Of Information

        

रिगलविरुद्धको मुद्दामा सर्वोच्चले बिहीबार निर्णय सुनाउने

योगराज ढकाल (रिगल)को मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको हो ।

संविधान दिवशमा कैद सजाय मिनाहा पाएका रिगलको मुद्दामा सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

बाँकेका रिगलको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि मंगलबार र बुधबार सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो ।

रिगल बाँकेकै चेतन मानन्धरको हत्यामा दोषी ठहर भई जेल चलान भएका थिए । रिगलले आममाफी पाएपछि चेतनकी श्रीमती भारती शेर्पाले सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार १७:३०

लोकप्रिय