सूचनाको शक्ति - The Power Of Information

        

दयाहाङ र दीया स्टारर ‘दयारानी’ माघ २६ मा रिलिज

नेपाली कथानक चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । दयाहाङ राई र दीया पुन मुख्य भूमिकामा रहेको चलचित्र आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

विभिन्न समयमा प्रदर्शन मिति सार्नु पर्ने बाध्यातात्मक परिस्थितिका बाबजुद ‘दयारानी’ माघ २६ गतेलाई प्रदर्शनमा आउन लागेको निर्देशक माओत्से गुरुङले जानकारी दिए ।

‘दयारानी’ रिलिज अगाडि नै विभिन्न देशमा प्रदर्शन भइसकेको छ ।

अभिनेता तथा निर्माता गुरुङको यो पहिलो नेपाली फिचर फिल्म निर्देशन हो ।

चलचित्रमा दया र दीयासँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ ।

चलचित्रले खराब श्रीमान र दयालु श्रीमतीबीचको कथा भन्नेछ ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ०७:५८

लोकप्रिय