सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा पनि छ । सेवाग्राहीले सवारी चालक अनुमतिपत्रबाटै नागरिक एप भेरिफाई समेत गर्न सक्छन् ।
तर नागरिक एपमा लिङ्क गर्न मिले पनि यसमा रहेको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीले मान्यता दिएको थिएन । अब भने सवारी जाँचमा नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिएको छ ।
सोमवार एक विज्ञप्ति राख्दै नागरिक एपले यो सेवा देशैभर लागू भएको जानकारी दिएको हो । ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा मात्रै नागरिक एपमार्फत देखाएको सवारी चालक अनुमतिपत्र मान्य हुने बताइएको छ ।
तपाईंले पक्कै पनि नागरिक एपमा आफ्नो सम्पूर्ण विवरण राखेर अकाउन्ट बनाइसक्नु भएको हुनसक्छ । यदि छैन भनेर नागरिक एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर एप डाउनलोड गर्नुहोस् ।
त्यसपछि त्यहाँ मागिए अनुसारको विवरण दिएर अकाउन्ट भेरिफाइ गर्नुहोस् । त्यसपछि तलका प्रक्रिया अपनाएर ड्राइभिङ लाइसेन्स लिङ्क गर्न सकिन्छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं